१५ बैशाख २०८१, शनिबार

नारायणी किनार मनमोहक बनाइँदै


नारायणी किनार

चितवन, २३ साउन । विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदीका गतिविधि हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदी भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदीमा कमै मात्र हुने गरेको छ । भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारलाई व्यवस्थित गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने भएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणगढ बजारसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्न थालिएको हो । नारायणी नदीको पुलदेखि नारायणी लिफ्ट सिँचाइसम्मको भूभागलाई संरचना निर्माण गरी सुन्दर बनाउन लागिएको हो ।

महानगरपालिकाका ई अस्मिता खनालका अनुसार त्यस भूभागलाई पाँच भागमा विभाजन गरेर संरचना निर्माण गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको छ । काठमाडौँको ग्रिड कन्सल्ट नामको कम्पनीले रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर महानगरपालिकालाई बुझाइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । खनालका अनुसार बीचको भागमा धार्मिक, प्रदर्शनी र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् ।

बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल, अवलोकन, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गरिनेछ । दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ । आफैँ रमणीयस्थल भएकाले यसलाई व्यवस्थित गरेसँगै यहाँको सौन्दर्यता थप आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफूले प्रमुख भएदेखि नै नदी किनारलाई पर्यटकीय आकर्षक केन्द्रका रुपमा विकास गर्न गृहकार्य गर्दै आएको बताउनुभयो । गत आर्थिक वर्षमा सोही ठाउँमा रु ९७ लाख खर्च गरेर पैदल मार्ग र पार्कहरु निर्माण गरिएको छ । दाहालका अनुसार प्रतिवेदनअनुसार काम गर्न सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिनेछ ।

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु दुई करोड १० लाख बजेट विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले रु ५० लाख र महानगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । दाहालले भन्नुभयो, “विस्तृत अध्ययन प्रतिवेदन स्वीकृतसँगै थप बजेटका लागि सङ्घ र प्रदेशसँग अनुरोनारायणी किनार मनमोहक बनाइँदै
ध गर्छौं ।” बहुवर्षीय रुपमा काम हुने भएकाले एकातर्फ काम हुँदै जाने र अर्कातर्फ आवश्यक बजेट माग गर्ने काम पनि सँगसँगै गरिने उहाँको भनाइ छ ।

महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रबिन्दु बन्ने दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा नदीका खेलहरु पनि खेल्न सकिनेछ ।

महानगरका पर्यटनविज्ञ विश्व सुवेदी नारायणी नदी किनार राम्रो मनोरञ्जन केन्द्रका रुपमा विकास हुने बताउनुहुन्छ । सामुन्द्रीक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उहाँको भनाइ छ । मुख्य रुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने सुवेदी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रतिवेदनअनुसार काम सम्पन्न हुँदै गर्दा कम्तीमा चार घण्टा विदेशी पर्यटकलाई पनि घुमाउन सक्ने ठाउँ बन्छ ।” धार्मिक दृष्ट्रिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचना बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउने सम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !