१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ३७ पुगे


lkl;cf/ oGqaf6 :jfasf] 8]df] k/LIf0f ;Kt/L, !* h]7 M k|b]z ;/sf/n] pknAw u/fPsf] gf} lbgkl5 h]7 !* ut] /fhlj/fhl:yt uh]Gb|gf/fo0f l;+x c:ktfnsf] k|of]uzfnfdf h8fg ul/Psf] lkl;cf/ oGqaf6 :jfasf] 8]df] k/LIf0f ub}{ Nofa 6]lSgl;og . ;Kt/Ldf ;Ílnt :jfasf] k/LIf0f lakL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg w/fgdf eO/x]sfdf h]7 !( ut]b]lv /fhlj/fhd} :jfa k/LIf0fsf] tof/L yflnPsf] 5 . t:jL/ M gfgLd}of s6jfn÷ /f;;

कास्की, २० जेठ । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यसैगरी पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० र ४० का दुई पुरुष र महाशीला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कूल ३७ जना सङ्क्रमित छन् । हालसम्म तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !