२१ बैशाख २०८१, शुक्रबार

इजरायलमा १० जना नेपालीको मृत्यु भएको औपचारिक पुष्टि (विवरणसहित)


Palestian-Isreal-Gaza-Conflict

काठमाडौँ । इजरायलमा आतंकवादी हमलामा परी १० जना नेपालीको मृत्यु भएको छ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले हिजो शनिबार भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको तेल अवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको हो ।

राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । समयमा उपचार नपाएकै कारण गोली लागेका उनीहरुको मृत्यु हुन पुगेको आशंका गरिएको छ । अझै १ जना नेपाली सम्पर्कमा नरहेको उनले बताइन् ।

नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी हराइरहेका छन् ।

हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।

त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।

दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरुसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।

इजरायलमा १० जना नेपालीको मृत्यु भएको औपचारिक पुष्टि (विवरणसहित)

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ। यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ ।

साथै तेल अविवस्थित नेपाली राजदूतावास कान्ता रिजालको नम्बर ‌+९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर +९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु [email protected][email protected] पनि उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस्

इजरायलमा आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !