१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने


मन्त्रिपरिषद्

काठमाडौं, जेठ २८ । नेपाल सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । आज बसेको मन्त्रिपरिषद्‍ले गरेका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबार मात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो । लकडाउन लम्बिएपछि सरकारले माेडालिटी परिवर्तनको निर्णय लिएको हो ।

नेपाल सरकारले यस वर्षको नियमित एसइई परीक्षा नहुने गरी विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने निर्णय भएको छ । आज बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइई परीक्षा नहुने प्रस्ताव पारित गरेको एक मन्त्रीले बताए । बैठकमा यस वर्षको एसइई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव पारित भएको हो ।

यो पनि पढ्नुहोस्

एसइई परीक्षा नहुने, विद्यालयकै आन्तरिक मूल्याङकनलाई मान्यता दिइने

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !