२२ बैशाख २०८१, शनिबार

संसदवाट अनुमोदन नभएसम्म एमसिसी सम्वन्धी काम रोक्ने नेकपा सचिवालयले निर्णय


नेकपा सचिवालय बैठक

काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको सचिवालय बैठक सकिएको छ । नेकपाको सचिवालयकाे अनाैपचारिक बैठक सम्पन्न भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । संसदवाट अनुमोदन नभएसम्म एमसिसी सम्वन्धी काम रोक्ने सचिवालयले निर्णय समेत गरेको छ ।

थापाका अनुसार बजेटको अनुसूचीमा रहेकाे बजेटकाे स्राेतमा उल्लेख भएकाे एमसीसी संसदमै विचाराधीन विषय रहेकाे हुनाले पछि निर्णय बमाेजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने बताएका छन् । साथै उनले प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकाे प्रत्युत्तर दिदाँ उल्लेख गरेबमाेजिम भाषा स्पष्ट गरिने पनि बताए ।

हाल एमसीसीले गरिरहेका कामहरूकाे सम्बन्धमा अनुमाेदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने पनि बताए । एमसीसीकाे बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने उनले बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुनः विवाद शुरु भएका बेला बैठक बसेको थियो ।

हिजो शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

बजेटमा लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने विषयमा छलफल भएको थियो । नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा जस्केलाबाट होइन सिधै पारित गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

एमसीसी (MCC) भनेको के हो ?

एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

एमसिसी नेपालको हितमा छ : कमल थापा

एमसिसी सम्झौता नेपालको लागि खतरा : अध्यक्ष विजुक्छे

एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ : प्रधानमन्त्री ओली

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !