२३ बैशाख २०८१, आइतबार

नेकपाको सचिवालय बैठक जारी, एमसीसीबारे छलफल हुदै


नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा

काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुनः विवाद शुरु भएका बेला बैठक बसिरहेको हो ।

हिजो शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

बजेटमा लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने विषयमा छलफल भई रहेको छ । नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा जस्केलाबाट होइन सिधै पारित गर्ने बताएका थिए । आज बसिरहेको बैठकमा बजेटमा समावेश एमसीसी कार्यक्रमबारे छलफल भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !