१३ जेष्ठ २०८१, आइतबार

साझा घोषणापत्र बनाउने विषयमा छलफल


असोज २१, काठमाडौँ । नेपाली कांग्रेससहितका ६ दल सम्मिलित कार्यदलको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि साझा घोषणापत्र बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको कार्यदलको बैठकमा न्यूनतम् साझा कार्यक्रम र चुनावी तालमेलबारे छलफल भएको जनाइएको छ ।

कांग्रेसका विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का, राजपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, नेपाल लोकतान्त्रिक फोरमका गोपाल दहित, राप्रपका बुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे उक्त कार्यदलमा सदस्य रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !