११ जेष्ठ २०८१, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक बस्दै


नेकपाको स्थायी कमिटी बैठक

३१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे जस्ता महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने बताइएको छ ।

यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो । बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिडेका थिए ।

सरकारको कार्यशैलीप्रति असन्तुष्ट नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेर दुवै जना अध्यक्षलाई पत्र बुझाई सकेका छन् । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपाले अन्तत: भोली बोलायो स्थायी कमिटी बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !