२१ बैशाख २०८१, शुक्रबार

एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भाव को निम्ति काम गर्ने पार्टी : ओली


असोज १, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी भएकाले जनताको विश्वास जित्दै गएको’ बताउँदै अध्यक्ष ओलीले देशमा सामाजिक सद्भावलाई कायम राखेर विकास र समृद्धिको बाटोमा सबै जुट्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिकारुपमा उदाउने दाबी गर्दै तराई–मधेस, पहाडलाई एकताबद्ध बनाएर एमाले अगाडि बढ्ने बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !