१८ बैशाख २०८१, मंगलबार

ओली र प्रचण्डद्वारा नेकपा सांसदसँग बालुवाटार छुट्टाछुट्टै छलफल


ओली प्रचण्ड

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बालुवाटारमा संघीय संसदका सांसदहरुसँग छुट्टाछुट्टै छलफल थालेका छन् । अध्यादेश जारी गरेपछि विवाद भइरहेका बेला कोरोना संक्रमणविरुद्धको काम लगायतका बारेमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले सांसदहरुसँग छलफल गरेका हुन् ।

प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र भइरहेका कामहरु बारेमा जानकारी लिने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई छलफलमा राखिएको हो ।

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको हो । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !