२२ बैशाख २०८१, शनिबार

सांसद विकास कोषको बजेट कोरोना कोषमा राख्‍न संसद्‍मा सहमति


संसद्‍

वैशाख २, काठमाडौँ । सांसद विकास कोषको बजेट कोरोना कोषमा राख्‍न संसद्‍मा सहमति जुटेको छ । संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ ।

आज मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले गरेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक र प्रदेशसभाका सभामुख र उपसभामुखको छलफलमा सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने सुझाव आएको थियो ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार उक्त सुझाव कार्यान्वयन गर्न सभामुख सापकोटाले नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत सरकारलाई आग्रह गरेका छन् । सभामुखज्यूले सातवटै प्रदेशका सभामुख र उपसभामुखहरुसँग छलफल तथा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्न नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको हो ।

मंगलबार भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाका विभिन्न दलका प्रमुख सचेतकहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका थिए ।

प्रतिनिधिसभामा निर्वाचित १६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले छुट्याइएको थियो । यो रकम करिब १० अर्ब हुन्छ । कोभिड १९ को जोखिम बढ्दै गएपछि सांसद विकास कोषको उक्त रकम कोरोना कोषमा राख्नु पर्ने आवाज उठ्दै आएको थियो ।

यस्तो छ संसद सचिवालयले निकालेको प्रेस बक्तव्य

यस्तो छ संसद सचिवालयले निकालेको प्रेस बक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !