१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकाबाट बाहिर जान खुल्ला गरिएको छैन : संयोजक पोखरेल


ईश्वर पोखरेल

चैत २७, काठमाडौं । नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका संयोजक ईश्वर पोखरेलले आज एक विज्ञप्ति जारी उक्त समाचारप्रति गम्भीर ध्यनाकर्षण भएको बताएका हुन् । विज्ञप्तिमा यस किसिमको कुनै निर्णय नभएको समेत जनाइएको छ ।

बिहीबार सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जान दिने र भित्रिन नदिने भन्ने बेहोराका समाचारहरु विभिन्न सञ्चार माध्यामहरुले प्रकाशन-प्रसारण गरेका थिए । समितिले त्यस्तो निर्णय नभएको जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति 

‘भोली र पर्सी (२८–२९ चैत्र,२०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति‘ को गम्भीर ध्यानाकर्षण भएको छ ।

यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी लक डाउनलाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

-ईश्वर पोखरेल
-संयोजक
‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

यो पनि पढ्नुहोस्

काठमाडौंबाट बाहिर जान दिने निर्णयवाट पछि हट्यो सरकार

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !