२० बैशाख २०८१, बिहिबार

सत्ता गठबन्धनबाट समाजवादी बाहिरिएसँगै संसद्मा विपक्षी मोर्चा बलियो


Upendra Yadav

पुस १०, काठमाडौं । सत्ता गठबन्धनबाट समाजवादी पार्टी बाहिरिएसँगै संसद्मा विपक्षी मोर्चा बलियो बनेको छ । नेकपा एक्लैको बहुमत भएकाले यसबाट सत्ता हेरफेरमा असर नपरे पनि विपक्षीको संख्यात्मक बढोत्तरीले संसद विगतभन्दा चुनौतीपूर्ण हुने देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

सरकारबाट मङ्गलबार हटेको समाजवादीले बुधबार विपाक्षी बेञ्चमा बस्ने निर्णय लिएको छ । समाजवादीले बहिर्गमनको मूख्य कारण संशोधनको मुद्दाबाट सरकार पछि हट्नुलाई बनाएको छ । सहायक कारण प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लौटी सरकार सञ्चालन गर्ने कार्यशैलीलाई बनाएको छ ।

समाजवादीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनकै मुद्दा उठाएर संसद र सडक संघर्ष गर्ने उद्घोष गरेका छन् । उनीहरुले संसदमा रहेका अन्य विपक्षी दलसँगको सहकार्यलाई समेत जोड दिएका छन् । भट्टराईले मुद्दाका आधारमा प्रमुख प्रतिपक्षी काँग्रेस लगायत सबै विपक्षीसँग सहकार्य हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !