१५ बैशाख २०८१, शनिबार

नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा


२६ कात्तिक, काठमाडौं । नेपाल भारतवीच बेला-बेलामा विवाद उत्पन्न भइरहेको छ । पछिल्लो केहि दिन अगाडी भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा ठुलो तरङ्ग पैदा भएको छ । यसरी भारतले नेपालको सिमा आक्रमण गरेपछि नेपालमा नेपाल सरकार र भारत प्रति ठुलो विरोध भइरहेको छ ।

यसै विवादमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने नेविसंघका विद्यार्थीको भनाइ छ ।

नेविसंघ काठमाडौंले चाबहिलमा आयोजना गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !