२६ बैशाख २०८१, बुधबार

महराका २ छोराले लेखे, ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’


कृष्णबहादुर महरा फाइल फोटो

१५ असोज, काठमाडौं । कृष्णबहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।

यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका महराका छोराहरुले मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !