१४ बैशाख २०८१, शुक्रबार

दलहरुले बिर्से शहीदका योगदान (शेष भाग)


Nepalpatra

बाँके, ८ जेठ । रिक्सा चलाएर दैनिक रु एक हजारसम्म कमाउँदै आएका शेरबहादुरले सेतु शहीद भएको ११ महिनापछि स–साना छोराहरुलाई रेखदेख गर्न सजिलो होस् भनेर दोस्रो विवाह गरेको बताए । दोस्रो श्रीमती सुजिता विकबाट पनि सात वर्षकी छोरी छन् । उनले भने – “रिक्सा चलाउँदै दिनमा एकपटक सेतु विक चोकमा पुग्छु । उनी देशको लागि लडिन्, म उनको सम्मानकै लागि उनलाई सम्झेर त्यहाँ पुग्ने गरेको छु । सेतुको याद दिनहुँ आउँछ । म चाहेर पनि उनलाई बिर्सिन सक्दिन ।”

जनआन्दोलनपछिको समयले आफ्नो जिन्दगीमा धेरै परिवर्तन ल्याएको शेरबहादुरको बुझाइ छ । “मलाई सबै राजनीतिक दल उस्तै लाग्छन्,” उनले भने – “शहीद परिवारलाई कसैले खोज्दैनन्, न त शहीद परिवारको कसैले सम्मान नै गर्ने गरेका छन् । अहिले राज्यले केही वास्ता नगरेको जस्तो महशुस हुन्छ ।” सेतु विक शहीद भएपछि राज्यले १० लाख रकम दियो, त्यो रकम कृषि विकास बैंकमा छ । जबसम्म कान्छो छोरा १६ वर्ष पुग्दैन तबसम्म त्यो पैसा चलाउन पाइँदैन ।

“राज्यले जीवन निर्वाह भत्ता भनेर मासिक रु सात हजार दिने गरेको छ, त्यसले केही गर्न पनि पुग्दैन, यिनै शहीदहरुको बलिदानले नेताहरु सत्तामा पुगे, महल ठड्याए, शहीदलाई बिर्सिए,” शेरशहादुरले भने । वैशाख ५ गते नेपालगञ्जको सेतु विक चोकमा दलहरुले एउटा बत्तीसम्म बाल्न छोडेपछि उनी आफैं त्यहाँ पुगेर पानी, अबिर, धूपबत्ती, माला, लड्डु चढाउँछन् । श्रीमतीको शालिकमा अबिरको टीका लगाउँछन् । उनले भने – “राजनीतिक दलहरुले सम्झन छोडिसके । दलहरुले वर्षको एकदिन त उनको योगदानलाई सम्झन पथ्र्यो ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !