१४ बैशाख २०८१, शुक्रबार

महिला संघको अध्यक्षमा उमा रेग्मी, ५६ जना केन्द्रीय समितिमा पौडेल पक्षका १ जना मात्र


mahila-sang

काठमाडौं, असोज १ – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकि छन् । गएराति सकिएको मतगणना अनुसार मिना पाण्डेलाई दुई सय दुई मतले पछि पार्दै रेग्मी विजयी भएकि हुन् । रेग्मीले ९ सय ९८ तथा पाण्डेले सात सय ९६ मत प्राप्त गरेको संघका निर्मला क्षेत्रीले जानकारी दिए ।

रेग्मीलाई सभापति देउवा पक्ष र पाण्डेलाई रामचन्द्र पौडेल पक्ष पक्षको समर्थन थियो । यस्तै महासचिवमा रेग्मी प्यानलकै धना खतिवडा विजयी भएकि छन् । उन्ले ९ सय ५८ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी गोमा केसीले सात सय ७७ मत प्राप्त गरिन्।

यस्तै कोषाध्यक्षमा रेग्मी प्यानलकै जानकी सिंह कोषाध्यक्षमा निर्वाचित भएकि छन्। अध्यक्ष सहित ५६ जनाको केन्द्रीय समितिको लागि विद्युतीय मतदान भएको थियो । ५६ मध्ये नेता रामचन्द्र पौडेल पक्षकी कल्याणी रिजालमात्र सदस्य पदमा निर्वाचित भएकि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !