२३ बैशाख २०८१, आइतबार

ज्ञानेन्द्र निवास नागार्जुन दरबारको विद्युत लाइन काटेका छैनौँ : विद्युत प्राधिकरण


gyanendra

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारको विद्युत लाइन नकाटेको जानकारी गराएको छ।

दरवारको विगत ५ वर्षदेखिको विद्युत महसुल तिर्न बाँकी रहे पनि अहिलेसम्म विद्युत नकाटेको प्राधिकरणका उपसचिव सूर्यप्रसाद सिवाकोटीले जानकारी दिए।

मिडियामा विद्युत लाइन काटिसकेको भनी आएका समाचारबारे सोध्दा उनले भने, ‘हामी विद्युत महसुल बुझाउन दबाब दिनको लागि छलफल गरिरहेका छौँ। संस्कृति मन्त्रालयलाई औपचारिक रुपमा विद्युत काट्ने पत्र पठाएपछि मात्र हामी विद्युत काट्छौँ। अहिलेसम्म हामीले मन्त्रालयलाई समेत जानकारी दिएका छैनौँ।’

प्राधिकरणका अनुसार अहिले नार्गजुन दरबारमा थ्री फेजका ८ वटा मिटर जडान गरिएको छ। विगत ५ वर्षदेखिको ९१ लाख बराबरको बक्यौता रकम उठाउन बाँकी छ।

यसअघि नारायणहिटी दरबारमा पूर्व मुमावडामहारानी रत्न बस्दै आएको महेन्द्र मन्जिलको विद्युत काटिएको थियो। मन्त्रालयले विद्युत महसूल तिरेपछि २४ घण्टा नबित्दै लाइन जोडिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !