२३ बैशाख २०८१, आइतबार

बर्खास्तपछि पनि रोकिएन मुख्यमन्त्री पौडेल र स्थापितबीचको आरोप–प्रत्यारोप(भिडियोसहित)


dormani

१८ कात्तिक, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरेपनि पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप जारी रहेको छ ।

गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पौडेल र स्थापितबीचको शंका र विवाद बर्खास्तसम्म पुग्यो । बर्खास्त प्रकरणपछि पनि यसको असर पक्कै पनि प्रदेश नं ३ को सरकार र संसदमा देखिने नै छ ।

यी दुई नेताको विगत पनि रोचक छ ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !