२२ बैशाख २०८१, शनिबार

सामाजिक व्यक्तित्वबाट पाठ सिक्न आग्रह


बामदेव गौतम

१७ असोज, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतमले समाजका लागि योगदान दिएका व्यक्तित्वको जीवनीबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका पिता केवलबहादुरको निधनको नवौँ दिनमा समवेदना व्यक्त गर्न यहाँ आइपुग्नुभएका नेता गौतमले स्व श्रेष्ठको तस्वीरमा माल्यार्पण गर्दै उहाँले केवलबहादुर पार्टीले गल्ती बाटो अवलम्बन गरेको अवस्थामा औंला उठाएर खबरदारी गर्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । उहाँको ८३ वर्षका उमेरमा निधन भएको थियो ।

सो अवसरमा सांसद तुलसी थापा, नेकपाका नेता हितराज पाण्डे, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलगायत नेताको सहभागिता थियो । सांसद श्रेष्ठको परिवारलाई समवेदना व्यक्त गर्न यतिबेला प्रदेश र केन्द्रका केन्द्रीय नेताहरु आइरहनुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !