२५ बैशाख २०८१, मंगलबार

आर्थिक सूचकाङ्क सकारात्मक रहेको मन्त्री खतिवडाको दाबी


yuvaraj khativada

२ असोज, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च रु छ खर्ब भइसकेको बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएपनि पूँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिनुभयो ।

उहाँले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय (इ) सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !