२० बैशाख २०८१, बिहिबार

लगातार तीन दिन कांग्रेसको संसद अवरोध, प्रधानमन्त्रीले संबोधन गर्न पाएनन्


Sambidhan-Sabha- bhawan

१२ असार, २०७३:- काठमाडौ, आइतबार बिहान बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सुरुमा एक घन्टाका लागि स्थगित भयाे । त्यसपछि पुन: बसेकाे बैठक पनि अवराेध गरेपछि अाधा घन्टाका लागि बैठक स्थगित भएकाे छ । फेरी पनि कुरा नमिले पछि बैठक भाेलीसम्मका लागि स्थगित भएकाे छ ।

कांग्रेसले संसद अवरोध गरेको यो लगातार तेस्रो दिन हो ।

सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी ओलीले संसदलाई काबुल घटना र पुनर्निर्माणका बारे जानकारी गाराउने बताइरहँदा पनि प्रतिपक्षी कांग्रेसका तर्फबाट बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराउने निर्णय नगरेसम्मका लागि सदन चल्न नदिने बताएका थिए ।

कांग्रेसले कुनै पनि स्थितिमा सदन चल्न नदिने अडान राखेपछि सभामुखले छलफलका लागि भन्दै सदनको कारवाही एकघन्टाको लागि स्थगित गरेकी थिइन् ।

यस्तै एकघन्टा स्थगित भएर बसेकाे बैठकमा कांग्रेस सा‌ंसद अानन्दप्रसाद ढु‌ंगानाले साेही अडान दाेहाेर्‍याउँदै प्रधानमन्त्रीले विपक्षीकाे कुरा सुन्न नचाहेकाे बताउँदै अाफ्नाे स्थानबाट उठेर विराेध गरेका थिए ।

त्यसपछि सभामुखले सदनकाे कारवाही पुन: अाधा घन्टाका लागि स्थगित गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !