२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय भेलाका सुझाव र प्रश्नहरुको अध्ययन सुरु : नयाँ शक्ति नेपाल


naya-sakti

८,असार काठमाडौ:- नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेलामा प्रस्तुत भएका दस्तावेज, भेलामा उठेका प्रश्न र सुझावसहित परिमार्जनको काम सुरु भएको छ, राष्ट्रिय भेलामा २०७३ जेष्ठ ३० गते दशरथ रङ्गशाला काठमाडौमा भएको थियो।

दस्तावेज परिमार्जन कार्यदलले पहिलो चरणमा भेलामा समूह छलफलपश्चात् प्रस्तुत १२ वटै समूहका सबै प्रश्न, जिज्ञासा र सुझावको अध्ययन सकाएको छ।

कार्यदलले करिब सातसय प्रश्न, जिज्ञासा र सुझावहरुको अध्ययन सकि तीनवटा दस्तावेजमध्ये पहिले विधान परिमार्जनको विषयमा छलफल गरिरहेको छ।

कार्यदलले सबैभन्दा पहिले सुझाव, प्रश्नहरुलाई समेत समेटेर ‘संगठनात्मक सिद्धान्त र विधानलाई अन्तिमरुप दिने गरी काम थालेको छ। विधानलाई अन्तिमरुप दिएपछि ‘नयाँ शक्ति नेपालको आधारतत्व’ र ‘विकास र समृद्धिको मार्गचित्र’ दस्तावेजहरुको परिमार्जनको काम हुनेछ। सबै दस्तावेज परिमार्जनपश्चात् महाधिवेशनसम्म पार्टीभित्र र सार्वजनिक छलफल गर्ने गरी सार्वजनिक गरिनेछ।

दस्तावेज परिमार्जन कार्यदलमा संयोजक डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेल, रामेश्वर खनाल, परशुराम तामाङ, रामकुमार शर्मा, सुरेन्द्र चौधरी, कमला हेमचुरी, डम्बर खतिवडा, परशुराम खापुङ, रामचन्द्र झा, गंगा श्रेष्ठ, कल्पना धमला, महेन्द्र पासवान, पासाङ शेर्पा र केशव दाहाल रहेका छन्। यो कार्यदलले तीन वटै दस्तावेजहरु ‘नयाँ शक्ति नेपालको आधारतत्व’, ‘विकास र समृद्धिको मार्गचित्र’ र ‘संगठनात्मक सिद्धान्त र विधान’ परिमार्जन गर्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !