४ जेष्ठ २०८१, शुक्रबार

इलाम-२ मा बिहान ७ बजेदेखि मतगणना सुरु गरिँदै


उपनिर्वाचन : इलाम

इलाम । इलाम-२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ । शनिबार सम्पन्न इलाम–२ मा आज आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको हो ।

हिजो शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । निर्वाचन आयोगले इलाम-२ मा ५८ प्रतिशत मतदान भएको जनाएको छ ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् । यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !