२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दै


राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

आजको बस्ने मन्त्रिपरिषद्को बैठक भोलि मंगलबारदेखि हुन लागेको कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । यसका साथै बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !