२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका थिए । बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि नभएपछि भोलि ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले लामो समय देखि सहकारी ठगीको बिषयमा कुरा उठाउँदै उक्त बिषयमा एउटा संसदीय छानबिन समिति मार्फत निष्पक्ष छानबिन हुनु पर्ने कुरा उठाउँदै आएको बताएका थिइन् ।

प्रतिनिधि सभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आशन ग्रहण नगरी उभिएर विरोध जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !