२३ बैशाख २०८१, आइतबार

सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग छलफल गर्दै


प्रचण्ड, देउवा, ओली र देवराज घिमिरे फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखको कार्यकक्ष सिंहदरवारमा छलफल गर्ने भएका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेपछि उक्त विषयमा सभामुखले छलफल गर्न लागेका हुन् ।

गत चैत २७ गतेदेखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको सम्बन्धमा सभामुख घिमिरेले आज बिहान १०ः३० बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएपनि बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !