२२ बैशाख २०८१, शनिबार

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्य : अध्यक्ष दाहाल


नारायणप्रसाद दाहाल

भरतपुर, चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन् ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताए ।

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उनले भने, “यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।”

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताए । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उनले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उनले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताए । उनले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !