२४ बैशाख २०८१, सोमबार

सभामुखबाट मन्त्रीको ध्यानाकर्षण


DPM Krishna Bahadur Mahara returns from China कृष्णबहादुर महरा

३ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आज संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्थेन ।

आजको बैठकमा सांसद अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्यता नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगन गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !