२४ बैशाख २०८१, सोमबार

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित


राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । देशको शान्ति, सुरक्षा लगायतका विषयमा छलफल गर्ने उक्त समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछानेलाई बोलाएको बताए ।

समितिको बैठकमा सहकारीलगायतका विषयमा पनि छलफल हुनसक्ने बुझिएको छ । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !