२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीको ‘ह्वीप’


रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।

अध्यक्ष चौधरीले भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई ह्वीप जारी गरेकी हुन् । नाउपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर पार्टीमा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद चलिरहेका बेला केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ह्वीप जारी भएको हो ।

यद्यपि अध्यक्ष श्रेष्ठको अनुपस्थितिमा हिजो सोमबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनमा नजाने, प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !