२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै


नारायण दाहाल र युवराज शर्मा

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने भएको हो ।

राष्ट्रियसभाको अध्यक्ष पदको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरेपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य रहेका छन् भने एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् ।

राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चत जस्तै छ । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !