२३ बैशाख २०८१, आइतबार

जसपाबाट उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीसहित सरकारमा नेतृत्व गर्ने


उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा नेतृत्व गर्ने भएका छन् । जसपाबाट यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सरकारमा नेतृत्व गर्ने भएका हुन् ।

यसअघि चार दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा सहमति जुटेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा भएको सहमतिअनुसार जसपाले दुई वटा मन्त्रालय पाउने भएको थियो ।

यस्तै जसपाले वन मन्त्री पाएको छ । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !