२३ बैशाख २०८१, आइतबार

काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने


कांग्रेसको संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराउने भएको छ ।

आज बिहीबार बिहान बसेको काँग्रेसको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख घिमिरेलाई गराउने निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरी गठबन्धन तोडेको भन्दै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांगेसका प्रमुख सचेतक रमेश लेखक प्रचण्डले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर गएकोले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप पनि लगाए । कांग्रेसले प्रधानमन्त्री प्रचण्ड ले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको पनि बताएको छ ।

लेखकले कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार रहेको भन्दै उनले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको तर प्रधानमन्त्री प्रचण्डले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोडेकोले विश्वासघात र बेइमानीका रूपमा काँग्रेसले लिएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !