२० बैशाख २०८१, बिहिबार

पार्टीका महासचिव र उपाध्यक्ष लिएर बालुवाटार छिरे माधव नेपाल


प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दाहालसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न बालुवाटार गएको बताए । प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो । उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको प्रवक्ता खतिवडाले बताए ।

एकीकृत समाजवादीले सरकारमा जाने संकेत गरेको हो । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव खतिवडाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !