२१ बैशाख २०८१, शुक्रबार

नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने


रेशमलाल चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

आज बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने बताएका हुन् ।

अध्यक्ष चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए । नागरिक उन्मुक्तिको सांसद संख्या थोरैमात्र भएको बताउँदै अहिले नै सरकारमा सहभागी नहुने अध्यक्ष चौधरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !