२५ बैशाख २०८१, मंगलबार

संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेकोमा सभामुखको गम्भीर चासो


देवराज घिमिरे फाइल फोटो

काठमाडौँ । संसद परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुख घिमिरेले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन् ।

उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए । गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ । उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !