१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभा

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेट जाँदा सुरु हुने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको राष्टियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने पाँचौं सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची

आजको राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !