२१ बैशाख २०८१, शुक्रबार

आजदेखि प्रतिनिधिसभामा सांसदहरुको डिजिटल हाजिर हुने


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर सुरु हुने भएको छ । संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि प्रतिनिधिसभामा सांसदहरुको डिजिटल हाजिर गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने र विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका आजदेखि लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने आफूले अपेक्षा गरेको बताएका छन् ।

सभामुख घिमिरेले गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेकोले आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्ने बताएका हुन् ।

उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरेर माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही भएको स्पष्ट पारेका छन् ।

यस्तै कानुनमन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेकोले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए ।

यो पनि पढ्नुहोस्

बैठकको कार्यतालिका लागू भएपछि सांसदहरुको उपस्थितिलाई सहज हुनेछ : सभामुख घिमिरे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !