२० बैशाख २०८१, बिहिबार

संसद् अधिवेशन र टीआरसीबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वार्ता


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौँ । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !