२१ बैशाख २०८१, शुक्रबार

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला


डा. शशाङ्क कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।

उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !