२४ बैशाख २०८१, सोमबार

वाग्मतीमा गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित


चारै जना उम्मेदवार निर्वाचित

काठमाडौं । वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनका चारै जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभामा बागमतीको रिक्त हुने चार सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् ।

वाग्मतीमा महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा काँग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा (एकीकृत समाजवादी) घनश्याम रिजाल विजयी भएका हुन् ।

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए ।बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !