२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा माघ २२ गते संसदको अधिवेशन आह्वान


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन २०८० माघ २२ गते दिनको ४ बजे आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदले सिफारिस गरेअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संघीय संसदको अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

संघीय संसदको दुवै सदनको अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !