२२ बैशाख २०८१, शनिबार

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य तीन निर्णयहरु


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । आज बसेको मंगलबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

साथै माघ २२ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !