१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपावीच तालमेल


रुक्मिणी कोइराला र उद्धव पौडेल

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तालमेल गरेका छन् । आज सोमबार छलफल भएपछि दुई दलले तालमेल गर्ने सहमति जनाएका हुन् ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो ।

कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ भने राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने राष्ट्रिययसभा चुनावलाई लिएर एमाले र राप्रपाबीच तालमेलको छलफल अन्तिम चरणमा पुगेकोले आजै सहमति सार्वजनिक गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !