४ जेष्ठ २०८१, शुक्रबार

आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी नै तोकिएन


महोम्मद अफ्ताव आलम

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी नै तोकिएन् । गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको हो ।

सात न्यायाधीश भएको रौटहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्र उपस्थित थिए । जिल्ला अदालतका अन्य न्यायाधीशहरु विदामा भएकाले उनको पेसी नतोकिएको बुझिएको छ ।

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकिएको थियो ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि २०७६ साल असोज २६ गते आलम पक्राउ परेका थिए ।

आलम बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !