११ जेष्ठ २०८१, शुक्रबार

एमालेको केन्द्रीय कमिटी सदस्यमा ६ जना मनोनित


एमाले सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६ जनालाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । आज शुक्रबार बसेको एमालेको सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मनोनित हुने ६ जना केन्द्रीय सदस्यहरुमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी, मधेस प्रदेश रामअवतार यादव र झापाका दिपक कार्की रहेका छन् ।

मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !