१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ


रमण श्रेष्ठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा श्रेष्ठले बालकुमारीमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन् ।

सांसद श्रेष्ठले पुस १३ गत दुई जना युवाको हेर्दाहेर्दै जीवन गएको भन्दै त्यो सरकारबाट भएको हत्या भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन् । राजीनामा दिए अर्को सरकार बनाउन मार्गप्रशस्त गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले वर्तमान सरकार ‘निकम्मा, नालायक, असक्षम’ भएको टिप्पणी गरे । बालकुमारी घटना सरकारबाट गरिएको हत्या भएको उनले बताए । वर्तमान सरकारपछिको एक वर्ष मुलुक बर्बाद भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !