२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ


न्यायाधीशले लिए शपथ

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले शपथ लिएका छन् । सर्वोच्चमा नियुक्त ६ जना न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चका नवनियुक्त सवै न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालले आज सपथ लिएका हुन् ।

यसअघि हिजो राष्ट्रपति पौडेलले हिजो नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा यी ६ जना न्यायाधीशलाई नियुक्त गरेका थिए । हिजै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !