२४ बैशाख २०८१, सोमबार

वामपन्थी एकताको पपुलिष्ट कुरा नगर्न नेता-कार्यकर्तालाई ओलीको आग्रह


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा पपुलिष्ट भएकोले नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलमा पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै २०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै उनले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको स्पष्ट पारे ।

उनले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरेका हुन् । अरुका स्वार्थको लागि काम गर्न शक्तिहरू वामपन्थी हुन नसक्ने उनको तर्क रहेको छ ।

उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए । उनले काँचो राजनीति कर्‍याप्प कर्‍याप्प पारेर चपाएर बसेर केही नहुने भन्दै ओलीले उद्देश्य नछोडी गरिने राजनीतिले मात्र निकास दिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !